काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण्न तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण्न तथा मेलमिलाप आयोग (दोस्रो संशोधन)विधेयक प्रमाणीकरण गरेकी हुन् ।
संसदको दुबै सदनबाट पारित विधेयक राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेकी हुन् ।
विधेयक प्रमाणीकरण भएसँगै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप भएको छ ।
२७ माघ २०७१ मा गठन भएका यी आयोगहरूका म्याद शनिवार सकिदै थियो ।
आयोगमा दर्ता भएका ६२ हजार ९५० द्वन्द्वकालीन मुद्दा टुँगो लाग्न सकेको छैन ।
आयोगका अध्यक्ष र सदस्यको पदावधि भने २०७५ चैत मसान्तसम्म मात्रै कायम रहने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया