काठमाडौं । राष्ट्रिय प्रजातन्त्रिक पार्टीका सांसद राजेन्द्र लिङ्देन न्यायका लागि अनसन बस्ने बताएका छन् ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा लिङ्देनले आफ्नो क्षेत्रलाई सरकारले उपेक्षा गरेको भन्दै न्यायका लागि अनसन बस्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘राप्रपाबाट आफू एक्लो प्रतिनिधि भएकै कारण सरकारले उपेक्षा गरिएको छ ।’
न्याय प्राप्तीका लागि अनसन बस्नुपर्ने भए त्यसका लागि तयारी अवस्थामा गरेको बताउँदै उनले भने, ‘तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत झापाको कचनकवल गाउँपालिकामा सरकारले आफ्ना कार्यकर्ताको सिफारिसका आधारमा योजना छनौट गरी जनप्रतिनिधिको उपेक्षा गरेको छ ।’
गाउँपालिकाले आयोजना छनौट गरी १० लाख रुपैयाँ बजेट माग गरेपनि कार्यकर्ताको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ करोड १० लाख रुपैयाँ बजेट छ्ट्याएको उनको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया