इन्डिकेशनमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान पुन: काठमाडौंनै फर्काइयो

लोकपथ
147
Shares

काठमाडौं । बुद्ध एयरको विमानमा समस्या देखिएको छ । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको ९एन एएनप कलसाइनको विमान त्रिभुवन विमानस्थलमै ल्याण्ड भएको हो ।

६६ जना यात्रु लिएर भद्रपुरका लागि उडेको विमानमा उडेको केही समयपछि नै इन्डिकेशनमा समस्या देखिएको थियो । समस्या आउनासाथ नै विमानलाई काठमाडौं फर्किएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?