काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
बिहान ७ः४५ बजेको समयमा मनमोहनको दोस्रो तलामा रहेको फार्मेशीमा त्यही कार्यरत अधिकृत अर्घाखाँचीका ३५ वर्षीय अमृत पोखरेल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनी कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले लोकपथलाई जानकारी दिए ।
‘बिहान पौने ८ बजेको समयमा मनमोहनको फार्मेशीमा कार्यरत अन्दाजी ३५ वर्षीय अमृत बोहरा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।’ उनले भने ।
त्यस्तै उनको शवलाई पोस्टमार्टमको लागि लगिएको उनले बताए । साथै घटनाबारे थप अनुुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया