बससँग ठोक्किएर सप्तकोशीमा मालबाहक ट्रक खस्यो

लोकपथ
497
Shares

सुनसरी । बससँग ठोक्किएर सप्तकोशीमा मालबाहक ट्रक खसेको छ ।

बिहान ७ः४५ बजे पूर्वबाट पश्चिम जाँदै गएको बससँग विपरित दिशाबाट आउँदै गरेको ट्रक नदीमा खसेको हो ।

बस एकआपसमा ठोक्किएर कोशी ब्यारेजको १० नं ढोकाबाट खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार ट्रममा सवार तीन जनाको सकुुसल उद्धार गरिएको छ भने ट्रक हराइरहेको छ ।

‘बससँग ठोक्किएर सप्तकोशीमा ट्रक खसेको हो । ट्रकमा रहेका तीन जनाको सकुुसल उद्धार गरिएको छ भने ट्रक हराइरहेको छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?