काठमाडौं । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् ।
शुक्रवार बिहान ११ बजेबाट शुरु भएको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सदस्य त्रिपाठीले सो माग गरका हुन् । उनका अनुसार कृषि मन्त्रालय नै विचौलियाको पक्ष्मा लगेको कारण यस्तो माग राखेको बताए ।
त्रिपाठीले भने, ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज हुनुपर्छ, यो मन्त्रालय पनि बिचौलियाकै पक्षमा काम गर्दो रहेछ ।’
उखु र चिनीको मूल्य निर्धारणमा मन्त्रालयले व्यापारीको पक्ष लिएको त्रिपाठीको आरोप छ ।
‘सरकार र व्यापारी मिलेर निरीह किसानलाई बलीवेदीमा चढाएको उनको भनाई थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया