राष्ट्र बैंकद्धारा २० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री

लोकपथ
208
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गरेको छ ।

राष्ट्र बैकका अनुसार असार २८ बिहिबार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गरेको हो ।

परिपक्व हुुने अवधि २८ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती २०८० साउन २६ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गरिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न प्रावधान रहेको थियो ।

यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका अन्य बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने सुविधा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?