ललिता निवास जग्गा प्रकरण : सञ्चारसचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश

लोकपथ
42
Shares

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका बहालवाला सञ्चारसचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले सो आदेश दिएको हो ।

न्यायाधीश श्रेष्ठको इजलासले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न समेत भनिएको छ ।

‘यसमा के कसो भएको हो ? निवेदनको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनुुनपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनुनपर्ने कुनै आधार कारण भए सवुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाका म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालय मार्फत जवाफ पेस गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीको नाउँमा म्याद सूूचना जारी गरी लिखितजवाफ परेपछि पेशीको सूचना महान्यायाधीवक्ताको कार्यालयलाई दिई सुुनुवाईको लागि नियमानुसार पेस गर्नुहोला ।’ जारी आदेशमा भनिएको छ ।

राउतलाई तत्कालिन समयमा भौतिक पूूर्वाधार मन्त्रालयमा शाखा अधिकृत रहँदाको अवस्थामा सरकारी जग्गा व्यक्तिको नाममा सार्न फाइल अघि बढाएको आरोप रहेको छ । केही दिनअघि उनलाई काठमाडौंबाट विराटनगर जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?