सांसद श्रेष्ठको सरकारलाई चुनौति : कसरी सदन चल्दो रैछ हामी पनि हेर्छौँ

लोकपथ
42
Shares

काठमाडौं । सांसद भैरव सुन्दर श्रेष्ठले अर्थमन्त्रीले बजेटबारे दिएको जवाफमा चरम अन्तुष्टि पोखेका छन् ।

विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले दिएको जवाफमा असन्तुष्टि जनाएका एमाले सांसद श्रेष्ठले,  यस्तै पाराले सदन चल्न नसक्ने चेतावनी दिए ।

‘हामी सत्तापक्षका बसेर जे गरे पनि हुन्छ भन्ने अर्थमन्त्री ज्यूलाई लागेको हो भने आगामी दिनमा सदन कसरी चल्दो रैछ त्यो  पनि हामी हेर्छौं । ’उनले भने ।

कुल बजेटको झण्डै ५ प्रतिशत रकम होल्ड गरेर राखिएकोप्रति उनको असन्तुष्टि छ ।

उनले भने ‘अर्थमन्त्री ज्यूले बजेटको अभावको कारणले गर्दा दिन सकेनौं भन्नु भयो। तर बजेटको विभिन्न ठाउँमा हेर्दा विविध ७६ अर्ब रुपैयाँ ६९ करोड ८१ लाख विनियोजन गरिएको देखिन्छ । यति ठुलो रकम करिब कुल बजेटको ५ प्रतिशत किन विनियोजन गरेर राखियो । अवन्डा गरेर । अपारदर्शी ढंगले बजेट नराखियोस् । बजेट हरेक मन्त्रालयमा दिनुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?