काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक शुक्रवार बिहान १० बजेको लागि बोलाइएको हो ।
प्रतिनिधिसभा बैठकबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानविन एवं सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयकबारे जानकारी दिन राष्ट्रियसभा बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।
आगामी आइवारका लागि निर्धारित राष्ट्रियसभा बैठक विधेयकबारे जानकारी दिन भन्दै शुक्रबारका लागि बोलाइएको हो ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले विधेयक प्रतिनिधिसभाबाट विनासंशोधन पारित भएको जानकारी राष्ट्रियसभा बैठकमा दिने कार्यसूची रहेको जनाए ।
गत बुधवार बसेको प्रतिनिधिसभा बैठकले विधेयक पारित गरेको थियो ।
०७१ माघ २७ मा गठन भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद भोलि शनिबारदेखि सकिँदैछ भने सत्य निरुपण आयोगको म्याद आजै सकिँदैछ ।
सरकारले ऐन संशोधन गरेर बेपत्ता पारिएका व्यक्तिको छानविन एवं सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया