काठमाडौं । सरकारले एक सय ६३ देशको ‘कन्ट्री स्पेसिफिक प्रोफाइल’ तयार गरिरहेको जनाएको छ ।
कुटनीतिक सम्बन्ध स्थापित भएका १ सय ६३ देशको ‘कन्ट्री स्पेसिफिक प्रोफाइल’ गरिरहेको परराष्ट्रमन्त्री प्रदिव कुमार ज्ञवालीले जानकारी दिए ।
बिहीवार संसदीय सुनुवाई समितिले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् । उनले भने, ‘कुनै देशसँग व्यापार होला, कुनै देशसँग श्रमको, कसैसँग लगानीको सम्बन्ध होला ।’
विभिन्न देशहरुसँग नेपालको कस्तो सम्बन्ध छ र कुन देशसँग के अपेक्षा छ भन्ने विषयमा अध्ययन गरेर परराष्ट्र मन्त्रालयले प्रोफाइल तयार गरिरहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिएका हुन् ।
परराष्ट्र मन्त्रालयले यसरी तयार पारेको ‘कन्ट्री स्पेसिफिक प्रोफाइल’ सम्बन्धित देशका राजदूतले लिएर जाने र सोहीअनुसार गाइडेड (निर्देशित) हुनुपर्ने मन्त्री ज्ञवालीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया