अभिलेख जति सम्पन्न र प्रभावशाली भयो,राज्य त्यति नै स्मार्ट बन्छ : मन्त्री किराँती

लोकपथ
21
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले अभिलेख पनि जति सम्पन्न र प्रभावशाली भयो त्यति नै राज्य स्मार्ट बन्ने बताएका छन् ।

राष्ट्रिय अभिलेखालयको ५५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अभिलेख उतार प्रशिक्षण कार्यक्रमको प्रमाण पत्र वितरण तथा ‘निर्वाणतन्त्र’ पुस्तक विमोचन समारोहमा उनले अभिलेख राज्यको नाभि भएको भन्दै अभिलेखालय जति सहि हुन्छ समाज र इतिहासको अध्यन पनि त्यति नै सहि हुने बताए ।

उनले भने, मानिसमा स्मरण शक्ति जति बढी हुन्छ त्यति नै स्मार्ट हुन्छ त्यस्तै अभिलेख पनि जति सम्पन्न हुन्छ र प्रभावशाली भयो त्यति नै राज्य स्मार्ट हुन्छ । अभिलेखालय जति सहि हुन्छ समाज र इतिहासको अध्यन पनि त्यति नै सहि हुन्छ । समाज र इतिहासलाई सहि तरिकाले बुझेपछि योजना सहि हुन्छ, योजना सहि भएपछि कार्यान्वयन सहि हुन्छ, कार्यान्वयन सहि भयो भने नै देश समृद्धि र विकासको बाटोमा अगाडि जान्छ । अभिलेख भनेको राज्यको नाभि रहेछ, भन्ने लाग्छ ।

यस्तै मन्त्री किराँतीले समाजमा मौखिक रुपमा रहेको वौद्धिक सम्पदाहरुलाई अभिलेखामार्फत सम्पत्तिको रुपमा संरक्षण गर्ने नीतिमा लिए पनि बजेट अभावका कारण सम्पन्न गर्न नसकेको बताए ।

उनले भने, अहिलेको हाम्रो चुनौती भनेको अभिलेखलाई संघीय लोकतान्त्रिक गणतन्त्रको आधारमा पुन संरचना गर्नुपर्ने छ । समाजमा रहेको मौखिक ज्ञानको रुपमा रहेको वौद्धिक सम्पदाहरुलाई अभिलेखमार्फत सम्पत्तिको रुपमा संरक्षण गर्ने मौखिक ज्ञान संग्रालय भन्ने पनि नीतिमा लिएका थियौ । तर बजेटले नै हामीलाई हैरान बनाई हाल्छ तर के गर्न सक्छौ त्यसमा प्रयास गर्ने नै छौ ।

उनले सोच र योजनामा जति नै नीति बनाए पनि बजेटले गर्दा कार्यान्वयनमा ल्याउन नसकेको भन्दै यस विषयमा सबै जना गम्भीर भएर लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?