काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।
बुधबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बोलाइएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि बैठक सारिएको हो ।
लामो समयपछि बस्न लागेको कांग्रेस बैठक आगामी साउन २ गते दिउँसो १ बजे बस्ने तय भएको कार्यवाहक मुख्य सचिव डा प्रदिप पराजुलीले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया