काठमाडौं । जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टी स्रोतले जनाएको छ । साह जनमत पार्टीको कार्यकारिणी सदस्य एंव सांसद हुन् ।
प्रधानमन्त्री प्रचण्ड जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आन्तरिक गृहकार्यमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डले यस विषयमा जनमत पार्टीका अध्यक्ष डा राउतसँग पटकपटक छलफल गर्दै आएका थिए । पछिल्लो समय सोमबार प्रधानमन्त्री प्रचण्ड र राउतका बीचमा सरकारमा सहभागी हुने’बारेमा छलफल भएको जनमत पार्टी महासचिव चन्दन सिंहले बताए । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया