काठमाडौं । सर्वोच्च अदालतले एनसेल बिक्रीवापतको लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा गरेको फैसला प्रशंसनीय योग्य भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले बताएको छ ।
बुधवार सर्वोच्च अदालतले एनसेल बिक्रीवापतको लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी ‘एक्जिएटा’ दुवैले नै लाभकर तिर्नुपर्ने फैसाला सुनाएको थियो ।
‘आफ्ना पार्टीका नेताहरुले निरन्तर एनसेलले छलेको ४३ अर्ब पूजीगत लाभकर राज्य ढुकुटीमा खादिल हुनुपर्छ भनि आवाज उठाउँदै आएको पृष्ठभूमिमा हिजो सर्वोच्चको पैmसलाले यो रकम राज्यले उठाउनु भनि गरेको निर्णय प्रशंसनीय तथा स्वागत योग्य रहेको र हामीले उठाएको आवाजसहि रहेछ भन्ने स्पष्ट भएको छ ।’ राप्रपा (संयुक्त)द्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी ‘लाभकर अन्तर्गत एनसेलले ६५ अर्ब तिर्नुपर्ने कर कार्यालयले ठहर गरेको छ । यो यथार्थतालाई उपेक्षा गरेर नेपाल सरकारले सर्वोच्चको निर्णयलाई विभिन्न बहनामा पन्छाउने काम नगरोस् भनि हामी सचेत गराउन चाहन्छा्रैं ।’ विज्ञप्तिमा भनिएको छ ।
शुक्रवार प्रधानन्याधीश चोलेन्ल्रशमशेर जबरा तथा न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको वृहत्त पूर्ण इजलासले एनसेल बिक्रीवापतको लाभकर कम्पनी नियन्त्रणमा लिएर सञ्चालन गर्नेले नै तिर्नुपर्ने फैसला गरेको थियो ।
एनसेल बिक्रीवापतको लाभकर सोही कम्पनीबाट असुलउपर गर्न अदालतले परमादेश जारी गर्दै सो कम्पनीले दायर गरेको रिट निवेदनसमेत खारेज गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया