बसाँईसराइ रोक्न सन्तुलित विकास आवश्यक छ : स्वास्थ्य मन्त्री बस्नेत

लोकपथ
49
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले देशमा भैरहेको असन्तुलित बसाईसराइप्रति राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

मंगलबार मन्त्रालयमा विश्व जनसंख्या दिवसको सन्र्दभ पारेर आयोजित कार्यक्रममा बस्नेतले पछिल्लो समय देशका हिमाली र पहाडका दुर्गम क्षेत्रबाट सुगम तिर भैरहेको जनसंख्याको बसाईसराइलाई सन्तुलित बनाउन दुर्गम र ग्रामिण क्षेत्रमा सबैखाले भौतिक पूर्वाधारको व्यवस्थापन गर्न सरकार लाग्नुपर्ने बताए ।

‘बसाँईसराइ अव्यवस्थित र असन्तुलित भएको छ । राज्यले यसलाई विशेष ध्यान दिन सक्नुपर्छ। राज्यले ध्यान दिनुपर्ने कुरा भनेको सबैखाले भौतिका पूर्वाधारको गाउँ र पहाड तथा दुर्गम ठाउँहरुमा व्यवस्थापन गर्ने हो । यो विषयमा सरकार लाग्न जरुरी छ,’ मन्त्री बस्नेतले भने ।

उनले जनसंख्या वृद्धिदर घट्दै भएको र लैङ्गीक अनुपातमा भिन्नता आएकोप्रति चिन्ता प्रकट गरे ।

चीनले लिएको दुई सन्तानको नीतिका कारण जनसंख्या वृद्धिमा कमी आउनुका साथै त्यसका कारण उत्पन्न अवस्थालाई नेपालले पनि सचेततापूर्वक लिनुपर्ने धारणा राखे, ‘जनसंंख्याको विषयलाई लिएर अहिले गम्भीर हुन सकेनौ भने भोलि अप्ठ्यारो पर्छ ।त्यसमा पनि महिला र पुरुष संगसंगै जान सकेनौं भने,जन्मको हिसावले महिलाहरु घट्दै गए वा पुरुष घट्दै गए भने असन्तुलन पैदा हुन्छ । यसो हेर्दा सामान्य लागेपनि मुलूकको भविष्यको लागि यो विषय गम्भीर हो ।’

महिला शसक्तिकरण गर्न तथा बसाईसराइलाई सन्तुलित गर्दै विकासको क्षेत्रमा बस्ती अनुसारको सन्तुलित जनसंख्या व्यवस्थापन गर्न आवश्यक रहेको उनको धारणा छ ।

यो वर्ष ‘लैंगीक समानतालाई बनाऔं अपरिहार्य रिवाज ःसम्भावनाका ढोका खोल्न सुनौ महिलाका आवाज’ भन्ने नाराका साथ नेपालमा सरोकारवाल निकायले विभिन्न कार्यक्रमको आयोजना गरी विश्व जनसंख्या दिवस मनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?