राष्ट्रिय सभामा सांसद पौडेलको आक्रोश- ‘हामी टाउको गन्ने भेडा बाख्रा मात्रै हौं ?’

लोकपथ
105
Shares

काठमाडौं । पूर्व परराष्ट्र मन्त्री राष्ट्रिय सभा सांसद विमला राई पौडेलले, हामी सार्वभौम सांसद हौ कि ? टाउको गन्ने भेडा बाख्रा भन्दै आक्रोश पोखेकी छिन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा खर्च कटौतिको प्रस्ताव प्रस्तुत गर्दै उनले, जति भने पनि बजेट निर्माण र कार्यान्वयनको प्रक्रिया परिवर्तन नभएको भन्दै आक्रोश पोखेकी हुन् ।

‘जति भने पनि परिवर्तन हुँदैन भन्ने कुरा हामीले बुझेका छौं । कोही गठबन्धनका विरोधी कोहि गठबन्धनका सिपाही । गठबन्धनका विरोधीले कमी कमजोरी औल्याउने गठबन्धनका सिपाहीले टेबल ठटायर पास गर्ने ।’ उनले भनिन् ‘मन्त्री ज्युहरुले जवाफ दिए जस्तो गर्ने । यही कर्मकाण्ड मै छौं हामी अहिले पनि । लाज पनि लाग्छ की हामी इन्डिपेन्डेन्ट सर्वभौम सांसद हौ की टाउको गन्ने भेडा बाख्रा हौं जस्तो लाग्छ । ’

उनले परराष्ट्रमन्त्रालयले असंलग्न परराष्ट्र नीति छोडेको जस्तो महसुस भएको टिप्पणी गरिन् ।

नेपाल छिमेकी राष्ट्रहरुसंग असंलग्न हैन असमानताको व्यबहारमा गएको र अहिलेको बजेटले पनि त्यही देखाएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?