काठमाडौं । प्रीतम सिंहबारे बोलेको अभिव्यक्तिबारे प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले भावनात्मक रुपमा केही प्रीतम सिंहबारे अभिव्यक्ति दिएको बताए ।
संसदमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो दिवंगत छोरा प्रकाश दाहाल र छोरी ज्ञानुु दाहालबारे भावुक अभिव्यक्ति दिएका थिए । साथै प्रीतम सिंहसँग जोडिएको भन्दै उनले भावुक अभिव्यक्ति दिए ।
प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गर्दै गर्दा एमालेका सांसद योगेश भट्टराईले सामाजिक सञ्जालमा लेख्दै भावनात्मक कुरा गरेर राष्ट्र र जनतालाई घात गर्न नहुने बताए ।
प्रचण्ड पत्नी र छोरा छोरीको विषयमा संवेदनशील रहेको भन्दै सिंगो सदनले त्यसलाई साथ दिन तयार रहेको बताए ।
उनले भने–‘छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले बेहोरेको पिडा सँवेदनसील छन । वहाँका ति पिडामा साहस भर्न सिंगो सदन वहाँलाई साथ दिन तयार छ । तर प्रधानमन्त्रिका रुपमा वहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चैं छैन है । हेक्का रहोस् । हामीले वहाँको पारिवारिक पिडामा मजाक गरेका होइनौ । हामी अरु केही जस्तो निर्दयी होइनौ र छैनौं । तर देशको प्रधानमन्त्रिको अभिब्यक्ति र व्यबहारप्रति भने कठोर प्रश्न छन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया