प्रीतम सिंहबारे प्रधानमन्त्रीले भने– ‘त्यो दिन ज्ञानुको बुबा बनेर बाेल्दा भावनामा बगेँ’

लोकपथ
168
Shares

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले प्रीतम सिंहबारे अभिव्यक्तिमा आफू केही भावनामा बगेको स्वीकार गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभामा विभिन्न विषयमा आफूमाथि लागेको आरोपका बारेमा जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

असार १८ गते प्रीतम सिंहको किताब बिमोचन कार्यक्रममा बोल्दै उनले आफूलाई प्रधानमन्त्री बनाउन पहल गरेको बताएका थिए ।

सो विषयमा यसअघि एमाले लगायत विपक्षी दलहरुले राजीनामा माग गरेका थिए ।

सो विषयमा स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले आफू केही भावनामा आएर बोलेको बताए । साथै प्रीतम सिंहको घरमा आफ्नो छोरी ज्ञानुको उपचारको क्रममा बसेको र सोही बेला सिंहले आफूमाथि प्रधानमन्त्री बनाउनुुपर्छ भनेर देखाएको सदासयताले भावनामा आएको बताए ।

‘म अलि भावनामा बगेर बोल्ने गरेको कुरा सत्य हो । प्रचण्ड यस्तै भयो त के गर्नु ? त्यो दिन म प्रधानमन्त्री भन्दा ज्ञानुको बुुबा भएर बोलेँ ।’ उनले भने ।

त्यस्तै आफूले सो विषयमा स्पष्टीकरण दिन लाग्दा पनि त्यसको मौका नै नदिइ राजीनामा माग्नु उचित नभएको बताए ।

‘यसअघि नै मैले जवाफ दिन्छु भनेको थिए । स्पष्टीकरणको मौका पनि नदिइकन राजीनामा दिनुुपर्ने हो ?’ सो विषयमा बोल्दै प्रधानमन्त्रीले भने, ‘के प्रतिपक्षीले उठाउने बित्तिकै राजीनामा दिनुुपर्ने हो ? के स्पष्टीकरण नदिइ राजीनामा दिनुपर्ने हो । के त्यतिकै संसद अवरोध गरेर समस्या समाधान हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?