काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नैतिकता छ भने तत्काल प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन् ।
बहालावाला प्रधानमन्त्रीले कुनै व्यक्तिलाई देखाएर पटक पटक दिल्ली जानु भएको थियो भन्नु आपत्तिजनक विषय भएको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको विषय भएको र यो सामान्य विषय नभएको भन्दै आपत्ति जनाएका छन् ।
उनले अब संसदमा तीन दल मात्र रहेको र अहिले पहिलो र दोस्रो दल मिल्यो भने मात्रै सरकार बनाउन सक्ने बताएका छन् । उनले भने, ‘यहाँ धेरै दलहरु छन् जसले जनताको भावना समेटिने गरी काम गरिरहेका छन् तर घरीघरी तीन दल र तीन नेता बसेर सबै राजनीतिक समस्या समाधान हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया