मुगु । पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईञ्जिनियर दत्त बुढ्थापामाथि कुटपिट गरेको आरोपमा पूर्वप्रदेशसभा सदस्य दानसिंह परियारसहितलाई पक्राउ गरेको विरोधमा एमाले मुगुले प्रदर्शन गरेको छ ।
बुढ्थापामाथि कुटपिट गरेको आरोपमा पूर्वप्रदेश सांसद परियार र छायाँनाथरारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावलविरुद्ध अभद्र व्यवहारसम्बन्धि आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ ।
शनिबार नै दुवै जनालाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियाअघि बढाएपछि सोमबार रिहाइको माग राखेर नेकपा एमाले मुगुका नगर ईन्चार्ज डम्बर बहादुर रावलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मुगुमा विरोध प्रदर्शन गरिएको छ ।
शनिबार पूर्वाधार विकास कार्यालय प्रमुख इञ्जिनियर दत्त बुढ्थापालाई सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी नगरेको आरोप लगाएर कार्यालय हाताभित्रै पूर्वसांसद परियार र वडाध्यक्ष रावलले हातपात गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया