जिल्ला अदालत काठमाडौंमा पार्किङ सुविधा नदिएकोप्रति कानून व्यवसायी आक्रोशित

लोकपथ
133
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा आफूहरुलाई पार्किङको सुविधा उपलब्ध नगराएको भन्दै कानून व्यवसायीले आक्रोश पोखेका छन् ।

उनीहरुले जिल्ला अदातलको भवनमा भएको पार्किङका लागि छुट्याईएको स्थानमा क्यान्टिन सञ्चालन गर्न दिएको तर सेवाग्राही र कानून व्यवसायी पार्किङको अभावमा समस्या भोग्दै आएको भन्दै आपत्ति जनाएका छन् ।

सोमवार जिल्ला अदालत परिसरमा भेला भएर ध्यानाकर्षण पत्र बुझाउने तयारीमा रहेका उनीहरुको जिल्ला अदालत काठमाडौंले पत्र लिन नमानेपछि आक्रोशित भए । उनीहरुले जिल्ला अदालतको भवन नक्सा पास नै नगरि निर्माण गरेको भन्दै आरोप लगाएका छन् ।

सहभागी मध्ये एक कानून व्यवसायीले भने, ‘हामीले सुनेका छौं यो अदालतले नक्सा पास नै नगरि भवन निर्माण गरेको छ । अरुलाई नक्सा पास गरेर घर बनाउ भन्ने आदेश दिने न्यायालयले मापदण्ड विपरित नक्सा पास नै नगरि बनाउने, आफूले नक्सा पास गर्न पर्दैन् ?’ ।

त्यस्तै, कानून व्यवसायीले अदालतको तीन तले भवनमा रहेको पार्किङ वेसमेन्टमा एक साता भित्र पार्किङ गर्ने व्यवस्था नगरे सेवाग्राही संगै आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । नक्सा नै पास नगरि भवन निर्माण गरेको आरोप लगाएका उनीहरुले स्थानीय सरकारलाई समेत सो सम्बन्धमा छानविन गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?