काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठक (सदन)मा गएर स्पष्टिकरण दिने भएका छन् ।
सिंहदरबारमा सोमवार बसेको शीर्ष नेतासंगको बैठकपछि प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्यका लागि संसदमा गएर प्रस्टिकरण दिने बताए । उनले भने, ‘ म सदन जाँदै छु बोल्नलाई’।
प्रधानमन्त्री दाहाल उनको पछिल्लो अभिव्यक्तिका कारण विवादित बनेसंगै एमाले, रास्वपा लगायतका दलले संसद अवरुद्ध गर्दै आएका थिए । उक्त गतिरोध अन्त्यका लागि दाहालले सदनमा गएर जवाफ दिने भएका छन् ।
सिंहदरबारमा प्रधामन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो । सो क्रममा प्रधानमन्त्रीले गल्ति स्विकार्दै सदनलाई सम्बोधन गर्ने सहमति भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया