काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ ।
दिउँसो ३ बजेका लागि बोलाइएको बैठकको कार्यसूची तय भएको छ ।
आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वविद्यालय विद्येयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरुबाट आएका विरोधका सूचनाहरुलाई निर्णायार्थ प्रस्तुत गरिने लगायतका कार्यसूची रहेको छ ।
यसअघि आइतबारका लागि बैठक आह्वान गरिएको थियो । तर विभिन्न राजनीतिक कारण देखाउँदै आजका लागि बैठक सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया