बैतडीमा बस दुर्घटना हुँदा ३९ जना घाइते, घटनाबारे थप विवरण आउन बाँकी

लोकपथ
147
Shares

बैतडी । बैतडीमा बस दुर्घटना हुँदा ३९ जना घाएते भएका छन् ।

पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानीमा दुर्घटनामा परेको हो । सोमबार दिउँसो १ बजेतिर लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको प्रहरीले जनाएको छ ।  बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकीन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?