आरोहीको शव हिमालमै छाडेर आउन नपाइने

लोकपथ
0
Shares

हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीको शव अब आरोहण कम्पनीले नै फिर्ता लिएर आउनुपर्ने भएको छ । नेपाल पर्यटन विभागले हिमाल आरोहणका क्रममा मृत्यु भएका आरोहीको शव छोडेर आउने क्रम रोक्न आरोहणमा संलग्न कम्पनीले नै शव ल्याउनुपर्ने बाध्यकारी व्यवस्था लागु गरेको हो ।
पर्यटन विभागका आरोहण शाखाका निर्देशक राकेश गुरुङले आरोहणका क्रममा मृत्यु भएका आरोहीलाई बेपत्ता भएको भनी छोडेर आउने प्रवृत्ति बढेकाले अब शव छोडेर आउन नपाइने नियम लागु गरिएको बताए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?