प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित

लोकपथ
0
Shares

नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ वनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको भन्दै सम्पूर्ण परीक्षाफल प्रकाशन हाललाई स्थगित गरिएको छ ।
काउन्सिलका अध्यक्ष सरला केसीका अनुसार प्रश्नपत्र बाहिर लैजाने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु छ । उनले उक्त प्रश्नपत्र फेसबुकको समूहमार्फत बाहिर गएको जानकारी दिँदै यस विषयमा प्रहरीको साइबर ब्युरोबाट अनुसन्धान भइरहेको र त्यसको अनुसन्धानपछि मात्र परीक्षाफल प्रकाशित गर्नेबारे निर्णय लिइने बताइन् । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?