मिटरव्याज विरूद्धको कानून पारित गराउन संसद भवन घेराउ

लोकपथ
56
Shares

काठमाडौं । मिटरव्याजविरूद्धको संघर्ष समिति नेपालले कानून पारित गराउन माग गर्दै संघीय संसद भवन घेराउ गरेको छ ।

संघर्ष समितिमा आवद्धहरुले आइतबार काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि मिटरव्याजविरूद्ध कानून छिटो बनाउन माग गर्दै दवाव दिएका हुन् ।

उक्त विरोध कार्यक्रममा बोल्दै मिटरव्याजविरूद्धको संघर्ष समिति नेपालका संयोजक मनोज कुमार पासवानले एमालेले गर्दा यस्तो समस्या भोग्नु आरोप लगाए ।

‘यो जनताको लागि पक्कै हो भने यो पारित हुनुपर्छ । यो पारित भएन भने हामी बुझछौं की, एमाले हाम्रो विपक्षमा खडा भएको छ ।’ उनले भने ।

सरकारले मिटरव्याजविरूद्ध अध्यादेश ल्याए पनि संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित नहुँदा निष्क्रिय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?