काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार (भोलि) सम्मका लागि सारिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध नगर्ने सहमति गरे पनि भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक सारिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर संसद अवरोध गरिरहेकोमा आज उक्त अवरोध हटाउनेबारे सहमति भएको थियो । आज १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीसँग एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो । तर संसद सचिवालयका महासचिव भरतराज गौतमले भोलिसम्मका लागि बैठक सारिएको जानकारी दिएका छन् ।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ३ बमोजिम भोलिसम्मका लागि बैठक सारिएको बताए ।
असार १८ गते प्रधानमन्त्री प्रचण्डले प्रीतम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पहल गरेको अभिव्यक्तिबारे एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेकोे थियो । आज सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीले सो विषयमा जवाफ दिने सहमति भएपछि एमाले संसदको अवरोध हटाउन सहमत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया