काठमाडौं । परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा महासचिव राजु निरौलाको प्यानलै विजयी भएको छ।
शनिबार बालुवाटारस्थित एलिस रिसेप्सनमा आयोजित १२ औँ वार्षिक साधारणसभा पश्चात् भएको निर्वाचनले निरौलाको पुरै प्यानललाई निर्वाचित गरेको हो।

निर्वाचनमा निरौला प्यानल बाहेक ३ स्वतन्त्र उम्मेदवार र वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत नेतृत्वको प्यानल सहभागी थिए। बस्नेत प्यानलका दुई उम्मेदवार बाहेक अरू उम्मेदवारले निर्वाचन सुरु हुनै लाग्दा प्रक्रियामा असन्तुष्टि जनाउँदै निर्वाचन बहिस्कार गर्ने घोषणा गरेर निस्किए पनि सबै प्रक्रिया पुरा भएको भन्दै स्वतन्त्र निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया अगाडी बढाएको थियो। स्वतन्त्र र बस्नेत प्यानल दुवैलाई पराजित गर्दै निरौला प्यानलले बाजी मारेको हो।
यस्तो छ फेकनको नयाँ कार्यसमिति
अध्यक्ष : राजु निरौला
उपाध्यक्ष : उमेश कुश्वार
उपाध्यक्ष : अमित बाबु ढुङ्गाना
उपाध्यक्ष : दिपक सिलवाल
महासचिव : छविन्द्र ओझा
सचिव : इन्द्रजित गौतम
सचिव : पृथ्वी ब चन्द
कोशाध्यक्ष : दिपेन्द्र पोखरेल
सह-कोषाध्यक्ष : गौतम पुडासैनी
सदस्य : राजकुमार ढकाल
सदस्य : मञ्जु लामिछाने
सदस्य : रोशन खरेल
सदस्यस् एलिजा उप्रेती
सदस्य : सञ्जय बस्नेत
सदस्य : खगेन्द्र श्रेष्ठ
सदस्य : महेश हमाल
निर्वाचित भएपछि सह–कोषाध्यक्ष पुडासैनीले निर्वाचित गराउने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा फेकनको नाम र साख जोगाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘हो यात्रा कठिन होला तर तपाईहरुको खबरदारी अनि सहयोगले पक्कै पनि ‘फेकन’ को नाम तथा साख उच्च राख्न हरपल तयार रहने छु र राख्ने छू ।’ पुडासैनीले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया