संसदको अवरोध हटाउन एमाले सहमत, प्रधानमन्त्रीले जवाफ दिने

लोकपथ
63
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा एमालेले गरिरहेको अवरोध हट्ने भएको छ ।

आज बसेको शीर्ष नेताहरुको बैठकपछि एमालेले संसदको गतिरोध अन्त्य हुने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । प्रीतम सिंहबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसदमा अवरोध खडा गरिरहेको थियो ।

आज बसेको बैठकमा प्रधानमन्त्रीले स्पष्टीकरण दिएपछि संसदलाई नियमित कार्यसूची अनुसार अघि बढ्न दिने सहमति भएको हो ।

आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । तर शीर्ष नेताहरुको छलफलका कारण बैठक ३ बजेसम्मका लागि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?