काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे कांग्रेस सांसद डा. आरजु राणा देउवाको नाम जोडिएको अडियोमा सन्देश शर्माको स्वर मिलेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र शर्माको शर्माबीच संवाद भएको भन्दै सामाजिक सञ्जालमा अडियो सार्वजनिक भएको थियो । गत वैशाख २ गते राणाले आफ्नो चरित्र हत्या भएको भन्दै साइबर ब्यूरो भोटाहिटीमा निवेदन दिएकी थिइन् ।
उक्त अडियोबारे छानबिन गर्दा दाङका सन्देश शर्मासँग मेल खान गएको नायब प्रहरी महानिरीक्षक (डिआइजी) एवं प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।
त्यस्तै उक्त भिडियो कहाँबाट आएको भन्नेबारे छानबिन गर्न टिकटक सिंगापुरलाई पत्राचार गरिएको उनले बताए ।
शर्मा भने सोही प्रकरणमा जोडिएर थुनामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया