काठमाडौं । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक २ घण्टाको लागि सारिएको छ ।
प्रधानमन्त्रीको अनुरोधमा सभामुख देवराज घिमिरेले २ घण्टामा लागि बैठक सारेको सभामुखको सचिवालयले जनाएको छ ।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल जारी रहेको छ ।
प्रधानमन्त्रीले केही दिन अघि अभिव्यक्तिबारे एमाले रास्वपासहितका दलहरुले विरोध जनाएर संसद अवरोध गरेसँगै प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल जारी रहँदा सभामुखले बैठक २ घण्टा सारेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीको अनुरोधमा सम्माननीय सभामुखले एक बजेका लागि तय गरेको बैठक दुई घण्टा पछि सार्नुभएको छ । टेलिफोन सम्वादमा सम्माननीय सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना समेत दिनुभयो ।’ सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भनेका छन् ।
यसअघि पनि एमालेले प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन भारतले सहयोग गरेको भन्ने अभिव्यक्तिको विरोध गर्दै राजीनामा माग गरेको थियो । आजको बैठकमा पनि एमालेले अवरोध गर्ने तयारी गरेपछि प्रधानमन्त्रीले शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया