एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक आज पनि स्थगित

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको हो ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमबार बिहान ११ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले सत्तापक्ष दल र प्रतिपक्ष दलबीच छलफल गरेर संसद् सुचारु गर्ने विषयमा सहमति गर्न आग्रह गरेका छन् ।

गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर संसद् अवरोध गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?