काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा तीन शीर्ष नेताबीच भेटघाट भएको हो ।
आज प्रतिनिधि सभा बैठक बस्दैछ । प्रधानमन्त्रीको अभिव्यक्तिपछि निरन्तर संसदमा अवरोध गर्दै आइरहेको थियो । आज बस्ने बैठकमा पनि एमालेले विरोधलाई कायमै राख्ने भएपछि प्रधानमन्त्रीले संसदको कारबाहीलाई कार्यसूची अनुसार अघि बढाउनेबारे छलफल गर्न लागेका हुन् ।

केही दिनअघि प्रधानमन्त्री प्रचण्डले भारतीय व्यवसायी प्रीतम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पहल गरेको भन्ने अभिव्यक्ति आलोचना भइरहेको छ । सोही विषयमा यसअघि पनि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै अवरोध गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया