कोशी प्रदेशका थप ३ मन्त्रीले लिए शपथ, प्रचण्डका ज्वाइँ फेरि बने मन्त्री

लोकपथ
28
Shares

काठमाडौं । उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारमा थप ३ जना मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

आइतबार बिहान माओवादी केन्द्रका १ सहित कांग्रेसका २ मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

माओवादी केन्द्रबाट जीवन आचार्यलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी कांग्रेसबाट रामकुमार खत्री र राजेन्द्र कार्कीलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ समेत रहेका आचार्य यसअघि पनि मन्त्री रहेका थिए । यसअघि हिक्मत कुमार कार्की नेतृत्वको सरकारमा पर्यटनमन्त्री रहेका आचार्यलाई पुन आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
आचार्य गत निर्वाचनमा मोरङ क्षेत्र नं ६ प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । त्यसैगरी कांग्रेसका कार्की संखुवासभा क्षेत्र नं १ को प्रदेश सभा १ र खत्री उदयपुर क्षेत्र नं २ प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् ।

हिक्मत कुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसक्दा गठबन्धनबाट थापा नेतृत्वको सरकार गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?