२३ वटा निर्माण तथा सप्लायर्स कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

लोकपथ
238
Shares

काठमाडौं । सरकारले विभिन्न २३ वटा निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।

देशभरका विभिन्न आयोजनामा ठेक्का लिएर जिम्मेवारी पुरा गर्न ढिलासुस्ति गर्दै आएका तथा सन्तोषजनक काम नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको हो ।

आज एक सूचना निकाल्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ वटा कम्पनी तथा सप्लायर्सलाई कालो सूचिमा नराख्नुपर्ने कारण माग गरेको छ । सात दिनभित्र लिखित जवाफ सहित कार्यालयमा नगए सबै निमार्ण कम्पनी र सप्लायर्र्सलाई कालो सूचिमा राख्ने चेतावनी दिएको हो ।

सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको हो । सात दिनभित्र यदि पनि स्पष्टीकरण नदिए उक्त २३ वटा कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?