प्रतिनिधिसभा बैठक बस्दै, एमालेले अवरोध कायमै राख्ने

लोकपथ
28
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘‘नेपाल विश्वविद्यालय विधेयक २०८०’’ प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।

त्यस्तै,कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् । उनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने सम्भावित कार्यसूचीमा रहेको छ ।

उक्त विधेयक माथि संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद सचिवालयले जनाएको छ ।

यसअघि,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिका कारण उनको राजीनामा माग गर्दै प्रतिपक्षी दल एमाले सहित रास्वपाले संसद अवरोध गरेको कारण शुक्रवारको बैठक स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?