राष्ट्रिय सभा बैठक : विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलले निरन्तरता पाउने

लोकपथ
42
Shares

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक बिहान साढे ११ बजेपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने छ ।

बैठकमा विनियोजन विधेयक २०८० माथि विभिन्न मन्त्रालयगत छलफलले आज पनि निरन्तरता पाउने संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,उपराष्ट्रपति तथा राष्ट्रपतिको कार्यालय लगायतका निकायहरुको २०८० का लागि विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ ।

मन्त्रालयगत छलफलमा स्वास्थ्य तथा जनसङख्या मन्त्रालय,परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, गृह मन्त्रालय,रक्षा मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लगायतका १२ मन्त्रालयका विभिन्न शीर्षकहरुमाथी राष्ट्रिय सभा सदस्यहरुले छलफल गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?