कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुरुवाइ

लोकपथ
14
Shares

नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध दायर गरेको रिटमाथि आइतबार सुनवाई हुने भएको छ ।

कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्चमा रिट दायर गरेको थियो ।

सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?