काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको वर्तमान आवश्यकता भएको बताएका छन्।
नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर सम्मेलनमा आज उनले भने, “म फेरि संसदीय दलको नेता बदल्ने कुरामा लाग्छु, सके म प्रधानमन्त्री बन्छु नसके मेरो पुस्ताको कसैलाई प्रधानमन्त्री बनाउँछु ।”
उनले कांग्रेसलाई बदल्नका लागि आफू लागेको स्पष्ट पारे । “हामी कांग्रेसमा छौँ, कांग्रेसलाई बदल्नका लागि लाग्नुपर्छ, कांग्रेस बदल्नका लागि मैले संसदीय दलको नेतामा उम्मेदवारी दिएको हुँ”, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया