काठमाडौं । समाजवादी मोर्चा नेपालको पहिलो बैठक सुरु भएको छ ।
समाजवादी मोर्चाको पहिलो बैठक एकीकृत नेकपा समाजवादीको पार्टी कार्यालय आलोकनगरमा सुरु भएको हो ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चाको पहिलो बैठक बसेको हो ।
बैठकमा चार पार्टीका अध्यक्षसँगै अन्य शीर्ष नेताहरु सहभागी छन् । ४ असारमा चार पार्टीले मोर्चाको घोषणा गरेका थिए ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा मोर्चाको भूमिका, सरकारले जनजीविकाका लागि गर्नुपर्ने कामहरुको योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया