एमालेले गर्‍यो मधेश प्रदेशसभा बैठक अवरुद्ध

लोकपथ
42
Shares

जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

मधेश सरकारका अर्थ मन्त्री संजय कुमार यादवले मनोमानी ढंगबाट करोडौं रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

आर्थिक वर्षको अन्तिम समयमा के कति कारणले बजेट रकमान्तर गरेको भन्ने जवाफ माग गर्दै एमाले शनिबार बैठक सुरु हुनेबित्तिकै प्रदेशसभा अवरुद्ध गरेको हो ।

त्यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । असार १ गते बजेट ल्याएपछि शनिबार २३औं दिन बजेटमाथि छलफल गर्न प्रदेश सभा बैठक बसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?