नेपाल इन्टरप्रेनर्स लाइन्स क्लबको अध्यक्षमा कुशल श्रेष्ठ

लोकपथ
546
Shares

काठमाडौं । नेपाल इन्टरप्रेनर्स लाइन्स क्लबको अध्यक्षमा कुशल श्रेष्ठ मनोनित भएका छन् ।

नेपाल इन्टरप्रेनर्स लाइन्स क्लबले आफ्नो हयाण्ड ओभर टेक ओभर कार्यक्रम सम्पन्न गरेको छ ।

सिनामंगलस्थित होटल रोयल प्यालेसमा सम्पन्न कार्यक्रमको अध्यक्षता लायन बर्ष २०२२, २३ का अध्यक्ष सुभाष कोइरालाले गरेका थिए ।

प्रमुख अतिथी पिडिजी लायन अरुण प्रताप राणा तथा विशेष अतिथी पिडिजी लायन अनुप पहारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा डिस्ट्रिक ३२५ पीकाका अन्य पदाधिकारी, एरिया १ का एरिया चिफ साथै अन्य ल्कब का अध्यक्षको उपस्थिति थियो ।

नेपाल इन्टरप्रेनर्स क्लबका च्याप्टर अध्यक्ष लायन्स सुदिप कोइराला, लायन्स झलक श्रेष्ठ तथा अध्यक्ष सुभाष कोइरालाले क्लव स्थापना गर्नुको उदेश्य र क्लवका विविध गतिविधि बारे प्रष्ट पारेका थिए । २०२३, २४ का अध्यक्ष कुशल श्रेष्ठले आगामी आफ्नो कार्यकालमा आफुले गर्ने कार्यक्रममा बारेमा बताए ।

लायन्स बर्ष २०२२, २३ का अध्यक्ष , सचिव तथ कोषाध्यक्षले नयाँ कार्यसमितिलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गर्दै कार्यसफलताको शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?