प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रविको आपत्ति

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले भारतले प्रधानमन्त्री भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले, प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण भएको र त्यसबारे सदनमा आएर जवाफ दिनु पर्ने समेत बताए ।

उनले भने ‘ प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभयो ।’ उनलेभ ने नेपाली जनताले निर्वाचित गरेर पठाएको, नेपाली जनताले प्रधानमन्त्री बनाएको। हाम्रो हस्ताक्षर छ । भारतले प्रधानमन्त्री बनायो । कोही अमुक व्यक्ति प्रधानमन्त्री बनाउन हिड्यो भन्ने अभिव्यक्ति दिदाँ हामीले प्रधानमन्त्रीको जवाफ माग्न मिल्दैन ? माग्छौँ हामी जवाफ । त्यसपछि संसद चल्न दिन्छौँ । ’

सभामुखले रास्वपालाई बोल्न नदिएको भन्दै आक्रोश पोखे ।अमुक भ्रष्टाचारको जरो उखाल्नु आफ्नो पार्टीको मुख्य लक्ष्य भएको बताएका छन्।

उनले भने ‘बालकोटमा पुस १० गते सम्झौता हुदाँ नै न्युनतम साझा कार्यक्रमका आधारमा सरकारका जाने निर्णय भएको हो । ’

उप सभामुख भने आफ्नो पार्टीले पाउनु पर्ने माग भने आफूहरुले राखेको उनको भनाई छ ।

त्यस्तै आफ्नो पार्टीलाई विचारविहीन पार्टी भनिएको भन्दै उनले भने ‘हामीसँग विचार र सिद्धान्त छैन भनेर भन्नेहरुलाई सुनिरहेका छौँ र दुईवटा कानको प्रयोग पनि गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?