राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्धि) को समयतालिकासम्बन्धी सूचना प्रकाशित गरेको छ ।
परीक्षार्थीले आवेदन फाराम भरी बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।
सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरुमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने सूचनामा उल्लेख छ ।
परीक्षा साउन २६ र साउन २७ गते हुने बोर्डले जनाएको छ । एसईईको नतिजा बिहीबार प्रकाशित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया