भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा कान्ति लोकपथको निरीक्षण

लोकपथ
126
Shares

काठमाडाैं । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले काठमाडौं हेटौंडा जोड्ने वैकल्पिक सडकको रुपमा रहेको कान्ति लोकपथको अवलोकन गरेका छन् । हेटौंडाको बुद्धचोक देखि ललितपुरको टिकाभैरव सम्म करिव ७९ कि.मि लम्बाई रहेको यो सडक निर्माणाधिन उक्त लाेकपथकाे शुक्रबार मन्त्री ज्वालाले निरीक्षण गरेका हुन् ।

कुल ३ अर्ब ७८ करोड लागत अनुमान गरिएको यो सडक खण्डको २ किलोमिटर कालिपत्रे गर्न बाँकी रहेको छ। काठमाडौंबाट तराई जोडने छोटो बाटोको रुपमा रहेको यो सडक खण्डको केही भू-भागहरुमा कडा चट्टान रहेको कारणले ५ कि.मि सडक बिस्तारको काम बाँकी छ।

सडक अवलोकनमा मन्त्री ज्वाला सहित मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा कान्ति लोकपथ राजमार्गका आयोजना प्रमुख सुरेश न्यौपाने सहभागी थिए। २०१३ सालमा ट्र्याक खोलिएको यो सडकलाई नारायणगढ मुग्लिन सडकको बिकल्पको रुपमा प्रयोग गरि २४ घन्टा संचालन गर्न आवश्यक बजेट व्यस्थापन गरेर काम अगाडि बढाईने समेत मन्त्री ज्वालाले सो अवसरमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?