२० मङ्सिर २०८०, बुधबार

केपी ओलीलाई हराउन कांग्रेसले बनाउँदैछ यस्तो रणनीति, अब विश्वप्रकाश शर्मा मैदानमा

२०७४,कार्तिक,८,बुधबार ११:०४

9
Shares

काठमाडौं । बाम गठबन्धनका प्रवद्र्वक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लान झापामा नेपाली कांग्रेसको पनि राम्रै पकड छ । २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस र एमालेले लगभग बराबरी मत ल्याएका थिए ।अहिले बाम गठबन्धन बनेसँगै झापामा एमाले केही बलियो देखिएको छ भने ओलीले चुाव लड्ने क्षेत्र नम्वर ५ मा एमालेको राम्रै पकड छ । उक्त क्षेत्रमा कांग्रेसले नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्री केशव बुढाथोकी र रामकुमारी पौडेलको नाम सिफारिस गरेको छ । तर, यी दुबै नेता उम्मेदवार बन्न अनिच्छुक देखिएका छन् ।उनीहरुले ओलीको प्रभाव क्षेत्रमा उम्मेदवार बन्न नचाहेपनि कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले आफु उक्त क्षेत्रमा उम्मेदवार बन्न सधैं तयार रहेको बताएपछि कांग्रेसको संसदीय बोर्डले सोहै अनुसारको निर्णय गर्ने तयारी गरेको छ । बुधबार बिहान बसेको कांग्रेस संसदीय बोर्ड बैठकमा यस बारेमा छलफल समेत भएको एक नेताले बताए ।उनका अनुसार शर्मासँग छलफल पछि उम्मेदवारी टुंगो लगाइने छ । शर्मा यस अघि दोस्रो संविधानसभा निर्वाचनमा झापा एकमा झिनो मत अन्तरले पराजित भएका थिए ।एमालेका रविन कोइरालासँग उनी पराजित भएका थिए । कांग्रेसका युवा नेता शर्मा राष्ट्रिय राजनीीतमा समेत परिचित नाम हो । उनले क्षेत्र नम्वर एकबाटै उम्मेदवारी बन्ने चाहना राखेपनि पार्टीको निर्णय मान्दै पाँचबाट उम्मेदवार बन्न आफु तयार रहेको जानकारी नेतृत्वलाई दिइसकेको कांग्रेस निकट स्रोतको भनाई छ ।कांग्रेसले झापा ५ मा शर्मालाई उम्मेदवार बनाए ओली देशव्यापी प्रचारमा हिड्न नसक्ने र ओली झापामा मात्रै केन्द्रीत भए अन्यत्र लाभ लिन सकिने निश्कर्षमा पुगेको बताइन्छ ।शर्मा प्रभावशाली युवा नेता भएका कारण ओलीलाई कडा टक्कर दिन पनि सक्ने र ओली झापामा आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रीत हुनुपर्ने अवस्थामा बाम गठबन्धनको देशव्यापी प्रचार अभियानमा ओलीको उपस्थिति कमजोर बन्ने भएकाले यो रणनीति अपनाउन लागिएको कांग्रेसका एक नेताले बताए ।स्थानीय निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्वर पाँच अन्तरगत दमक नगरपालिकामा एमाले विजयी भएको थियो भने कमल गाउँपालिकाकामा कांग्रेससँग मत बराबरपछिको गोलाप्रथाबाट एमाले विजयी भएको थियो ।यस्तै १ देखि ८ नम्बर वडा पर्ने गौरादह नगरपालिकाको मेयर कांग्रेसले जितेको थियो भने गौरीगञ्ज गाउँपालिका प्रमुख राप्रपाले जितेको छ । तर, राष्ट्रिय नेता भएका कारण ओलीको व्यक्तिगत प्रभाव उक्त क्षेत्रमा राम्रो छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ११:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार