काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सभामुखलाई पनि दलको सदस्यमा गणना गर्ने कार्य संविधानको उपहास भएको बताएका छन् ।
एमाले समर्थित अखिलको स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुखलाई पनि दलको सदस्य मानेर सरकार परिवर्तन गर्नुले संविधानको उपहास गरेको बताए ।
उनले भने ‘ हिजो मात्र कोशी प्रदेशमा ४६-४६ को अवस्था भयो । सभामुखले सभामुख भएसंगै पदबाट रमाजीनामा दिएका हुन्छ र स्वतन्त्र भएका हुन्छन् । सभामुख कुनै पनि दल विषेशको सदस्य हुँदैन । सभामुख भएपछि दल परित्याग गर्छ र स्वतन्त्र सांसदको हैसियतमा हुन्छ ।
अध्यक्ष ओलीले अघिल्ला सभामुख अग्निप्रसाद सापकोटा कानून संसविधान अनुसार नभई पुष्पकमल दाहाल प्रचण्डको आदेश अनुसार मात्र चल्ने गरेको आरोप पनि लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया