काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने भनेको बैठक स्थगित भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख-सत्तापक्ष र प्रमुख विपक्षीबीच छलफल गरेर भोलिसम्ममा सहमति गर्ने निर्णय भएसँगै बैठक आइतबार १ बजे बस्ने गरी स्थगित गरिएको हो । आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्तिपछि एमालेले सदन अवरोध गर्दै आइरहेको छ।
आजै बसेको राष्ट्रिय सभा बैठकमा पनि एमालेका सांसदहरुले विरोध जनाएपछि बैठक स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया